आमाको हत्या आरोपमा छोरा पक्राउ

भदौ ७, सर्लाही । आफ्नै आमाको हत्या गरेको आरोपमा लालबन्दी नगरपालिका २, पुनर्वास टोल बस्‍ने ३२ वर्षीय राजवीर पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

पासवानले मादक पदार्थ सेवन गरी आफ्नै ५० वर्षीया आमा उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्‍गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो । टाउकोमै चोट लागी सख्त घाइते भएका बाबु उपेन्द्रको मनीषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजवीरलाई पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.