पर्सामा आज कोरोनाबाट थप दुई जनाको मृत्यु

भदौ ६, पर्सा। कोरोनाको केन्द्र जस्तै बनेको पर्साको वीरगन्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहान ७ बजे मृत्यु भएको छ । उनलाई मुटु , दम र उच्च रक्तचापको समस्या पनि रहेको थियो । उनलाई निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो। यसअघि शुक्रबार राति पनि वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का एक संक्रमितको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको गए राति ८ बजे मृत्यु भएको हो। अब वीरगन्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.