१२ सय मानिससहित ८८४ सवारी सडकमै होल्ड

भदौ ४, काठमाडौँ । निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको जानकारी दिनुभयो । निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४३७ जना, ललितपुरका ४९८ जना र भक्तपुरमा २३५ जनालाई होल्डमा राखेको हो ।

उपत्यकाको सडकमा मात्रै निशेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको एसएसपी यादवले जानकारी दिनभुयो । यादवका अनुसार अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँले यो कार्य निरन्तर हुने बताउनुभयो । कोभिड नियन्त्रण भन्दा बाहिर जान नदिन प्रहरीले प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

उपत्यकामा भाद्र ४ गते देखि १० गतेसम्मको लागि जारी गरेको निषेधाज्ञा पहिलो दिन बिहीबार काठमाडौ,भक्तपुर र ललिलपुरमा पुर्णरुपमा पालना गराउन प्रहरी सकृय भएको उहाँले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.