भदौ ४, काठमाडौँ । चितवन, भरतपुर महानगरपालिका–११ अमरचोक बस्ने २४ वर्षीय सागर कुमालको घरमा तास खेलिरहेको अवस्थामा सागर समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा तास खेलिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरीले उनीहरुलाई ८४ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका(३ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ समेत ४ जनालाई नगद ७९ हजार रुपैयाँ र ३ बुक ताससहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने युवराज भण्डारीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

