भदौ ४, काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमणको संख्या बढ्दो देखिएपछि काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञा जारी गरेको छ ।
उपत्यकाका तीन जिल्लाले सार्वसाधारण र सवारीसधानलाई कडाई गरेको पहिलो दिन आज काठमाडौँमा सुनसान देखेको छ । केही छिटफुट सवारी चलाए पनि ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले कडाईका साथ सोधबुझ तथा नियन्त्रण लिएर होल्ड गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निस्किएका ८९३ सवारीसाधन ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा ६९८ मोटरसाइकल र १९५ चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएर होल्ड गरेको हो ।

कोरोनाको संक्रमण दरलाई नियन्त्रण गर्न सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गरिएता पनि विभिन्न बहानामा थुप्रै व्यक्तिहरु उपत्यका भित्र्यिाएपछि सामाजिक तथा भौतिक दूरीको कायम तोडिदै गएको छ । मानिसहरुको भीडबाड र लापरवाहीका कारण संक्रमण बढ्ने जोखिमका कारण उपत्यकाका तीन जिल्ला प्रमुखहरुको संयुक्त बैठकको निर्णयले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

अनावश्यकरुपमा मानिस घरबाट निस्किए कारवाही हुनेछ । सार्वजनिक तथा नीजि सवारीसाधनसमेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधीजन्यबाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए । अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ ।

जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । कोभिड १९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ ।




तस्बीरः किशोर डंगोल÷प्रारम्भ खबर

