अवैध उत्खननमा संलग्‍न तीनवटा ट्याक्टर नियन्त्रण

साउन ३२, मोरङ । मोरङमा अवैध उत्खननमा संलग्‍न तीनवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेटाङ्ग नगरपालिका ९ तेली खोलामा अवैध रुपमा ढुङ्गा उठाउँदै गरेका को.२ त ७९२९, को. १ त ८५९३ र को.  २ त  ९३०१ नम्बरका तीन वटा ट्रयाक्टरलाई चालक सहित प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रुपमा उत्खनन गरी ढुङ्गा उठाउँदै गरेको अवस्थामा ती ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्याक्टर तथा चालकलाई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.