जगदम्बाका रड प्रयोग भएका संरचनाहरु उच्च जोखिममा

साउन ३०, काठमाडौँ । जगदम्बा स्टिल्स् कम्पनीबाट उत्पादित निर्माणजन्य बस्तुहरु कमजोर र गुणस्तरहिन भएको फेला परेको छ ।

काठमाडौँको नागार्जुनमा निर्माण भईरहेको एक घरमा प्रयोग गरिएका रडहरु सजिलै भाँचिने र नासिने भएको भन्दै घरधनी र जगदम्बाका रड प्रयोग गरिएका उपभोक्ताहरु त्रसित छन् । निर्माणाधीन रहेको श्रीकृष्ण भट्टराईको घरमा प्रयोग भएको जगदम्बा स्टिल्सबाट उत्पादित १६ मि.मि.का रडहरु एल आकार पार्ने बित्तिकै भाँचिन थालेपछि उनको निन्द्र नै खल्बलिएको छ । मक्किएको र गुणस्तरहिन रड फेला परेपछि सानु भ¥याङ स्थित रहेको डिपो सञ्चालकलाई खबर गर्दा वास्ता नगरेपछि उनीहरु उचित न्याय र कारवाहीका लागि नेपाल गुणस्तर विभाग पुगेका छन् ।

रडहरुमा त्यस प्रकारको समस्याको गुणासोपछि त्यहाँ पुगेका जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल उल्टै ठेगेदार र मजदुरलाई अपमानजनक शब्दले चेतावनी दिर्दै फर्किएको घरधनि भट्टराईले बताए । विभागकै प्रतिनिधि र उक्त कम्पनीका प्रतिनिधि अगाडी नै मजदुरहरुले रडहरु सहजै भाँचिएपछि थप आशंका लागेर उक्त रडको टुक्रसहित चेकजाँचका लागि गुणस्तर विभाग पु¥याएको छ । सो स्याम्पलको परिणाम आईतबार मात्र आउने बताएको छ । तर पीडित भट्टाई भने देशलाई ठगी गर्ने जगदम्बा कम्पनीलाई कारवाही गर्नुपर्ने बताएका छन् । निर्माण जस्तो संवेदनशील विषयमा उपभोक्तमार्फत ठगि गर्दै आएकोले सरकारले तुरुन्त छानविन गरी कारवाहीको माग गरेका छन् ।  लाखौँ लगानी गरेर बनाएको संरचनामा प्रयोग भएका रडहरु नै ढोट जस्तै भाँचिएपछि जगदम्बा स्टिल कम्पनीप्रति नै विश्वास नरहेको उनको तर्क छ ।

त्यस्तै कम्पनीकै लापरवाही र कमजोरीका कारण ठेगेदार र मजदुरहरुले भने उल्टै आफूहरु मारमा परेको बताएका छन् । संरचनाहरु निर्माण गर्दा बिचमै भत्किने, मासिन्ने गर्दा आफूहरुले समयमा ज्याला नपाउने र गाली खानुपर्ने अवस्था आउने गरेको मजदुर सुरेश मगरले सुनाए । आफुहरु सोझो भएर बस्दा त्यसको फाईदा कमसल सामान उत्पादन गरी उपभोक्ता ठगि गर्ने कम्पनीहरुले लिएको मजदुर मगरको गुनासो छ ।  उक्त घर निर्माण गरिरहेका ठेगेदार आफू १४ वर्षदेखि देशविदेशमा रहेर निर्माणकै कामहरु गर्दा त्यस्तो समस्या नआएको र एउटा गुनासो गरेको भन्दैमा कम्पनीका व्यक्ति आएर हाम्रो कामप्रति नै चेतावनी ढंगले प्रश्न गरेपछि मिडियामा आउन बाध्य भएको बताए ।

मुलुकका अधिकंश भौतिक संरचनाहरु निर्माणमा प्रयोग गरिएका जगदम्बाबाट उत्पादित रड, सिमेन्ट लगायत अन्य निर्माण सामाग्री बिक्रि वितरण गर्दै उपभोक्ता र सरकारलाई नै उल्लू बनाई कालाबजारी गर्ने यी कम्पनीमाथी कस्तो खालको कारवाही हुने हो सम्बन्धित निकायको ध्यान पुगोस् ।

भिडियो हेर्नुस्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.