तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

साउन २९, कास्की । पोखरा महानगरपालिका(१० मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका(१४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.