कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

साउन २८, काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक(एकजना रहेका छन् । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका– १२ टेकु निवासी ७८ वर्षीया महिलाको साउन २८ गते १ः०५ बजे किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ । धादिङका ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

धनुषाको जनपुर उपमहानगरपालिका(१ का ७१ वर्षीय पुरुषको साउन २८ गते ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । धनषाकै जनकपुर उपमहानपालिका(८ का ३८ वर्षीया महिला साउन २८ गते १ः०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपतालमा मृत्यु भएको छ । सप्तरीको राजविराज –६ ७२ वर्षीय पुरुषको साउन २७ गते राति मृत्यु भएको छ । मोरङ बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । कपिलवस्तु कपिलवस्तु नगरपालिका –२ तौलिहवाका ४२ वर्षीय पुरुषको साउन २८ गते बुटवल कोभिड–१९ विशेष अस्पतालमा मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या ९१ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.