उपराष्ट्रपति कप महिला फुटबल लिग सोमबारबाट सुरु

साउन ६, काठमाडौं । उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल लिग प्रतियोगिता भोलि (सोमबार) बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पाँच टिमको सहभागिता रहेको लिग ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब र नेपाल आर्मी रहेका छन् । त्यस्तै, काठमाडौैं र रौतहटले पनि प्रतिस्पर्धा गर्नेछन् ।९ दिनसम्म चल्ने लिगको विजेताले दुई लाख र उपविजेताले ट्रफीसहित एक लाख नगद प्राप्त गर्नेछन् । सोमबार दिउँसो १ बजे हुने उद्घाटन खेलमा दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । सोमबारै हुने दोस्रो खेलमा रौतहट र काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.