रोशी वडा– ३ को विद्युत प्रसारणमा उच्च जोखिम

साउन २५, काठमाडौँ । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं.–३ भित्रका विद्युत प्रसारणमा उच्च जोखिम देखिएको छ ।
शिखर आम्बोटे विद्युतिकरण समूहको चरम लापरवाहीका कारण सो क्षेत्रमा प्रसारित विद्युत लाईनहरु उच्च जोखिम रहेको खुल्न आएको हो ।

त्यस क्षेत्रमा जडित अधिकांश लोड सेन्टरको टि.ओ.डी. मीटर बाकस बिग्रिएको र केही लोड सेन्टरको मिटरहरु समेत परिवर्तन गर्नुपर्ने अवस्था रहेको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ । विद्युत उपभोग गर्दै आएका उपभोक्ताहरुमार्फत शुल्क संकलन गरेता पनि प्राधिकरण शाखामा रकम नबुझाएका कारण त्यस क्षेत्रमा समस्या आएपनि समाधानको लागि अग्रसर नभएको बताएको छ ।

शिखर आम्बोटे विद्युतिकरण समूहले नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण विनियामवली (२०६९) तथा सामुदायिक ग्रामिण विद्युतिकरण विनियामवली २०७१ बमोजिम नियमित रुपमा भुक्तानी गर्नुपर्ने विद्युत महशुल नबुझाएको र हरेक वर्ष गर्नुपर्ने संस्था नविकरण समेत हालसम्म नगरेको भन्दै काभ्रे वितरण केन्द्र बनेपाले १५ दिने सूचना समेत सार्वजिक गरेको छ ।
स्थापना समयदेखि हालसम्म बाँकी वक्यौता रकम रु. २१०५५६१।३३ बुझाउनुपर्नेमा शिखर आम्बोटे विद्युतिकरण समूहका पदाधिकारीहरुले सो रकमको दुरुपयोग गरेको खुल्न आएको छ । जनताबाट उठाएको रकम व्यक्तिगत स्वार्थ लाभका लागि प्रयोग गरेको भन्दै स्थानीय जनस्तरबाट व्यापक आवाज उठिरहेको छ । उक्त समूह सोही वडाका वर्तमान वडा अध्यक्ष धनजीत लामाको अध्यक्षतामा स्थापना भई हाल पूर्ण सिंह लामाको अध्यक्षतामा सञ्चालित छन् ।

स्रोतका अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्षले जनस्तरबाट उठाएका महशुल रकमको दुरुपयोग गरेको खुल्न आएको छ । विद्युत उपभोग गरेबापत जनताले तिरेको रकमको दुरुपयोग हुनु राज्य दोहन वा राज्यलाई छली गर्नु बराबरको अपराध हुन् । यसरी उपभोक्तमार्फत रकम उठाएर मोजमस्ती गर्ने तथा गैरजिम्मेवार व्यक्तिहरुकै कारण विद्युतिय प्रसारणमा समस्या आएपनि समयमा समाधान नहुने र विभिन्न ठाउँमा विजुलीको पोलहरु ढलेपनि त्यसको मर्मत सम्भारमा ध्यान नपुग्दा जुनसुकै समय दुर्घटना हुने खतरा बढेको विद्युत प्राधिकरणको भनाई छ ।

त्यस्तै विद्युत जडान तथा उपभोग गरेवापत उपभोक्तले बुझाउनुपर्ने न्यूनतम शुल्कमाथि रजाई गर्ने समूहले अवैज्ञानिक तथा गैरतरिकाले काठ मिल, धान मिल सञ्चालन गरी विद्युत उपभोग गरेका व्यक्ति तथा साना उद्योगहरुको अनुगमन समेत गरेको देखिदैनन् । अवैध तरिकाले विजुलीको तार जडान गरी विद्युत खपतबाट बञ्चित गराउँदा समेत शिखर आम्बोटे विद्युतिकरण समूह अनविज्ञ रहेको र उल्टै जनस्तरबाट संकलित रकमको अनिमियतता गरेपछि त्यसको मारमा उपभोक्ता परेका छन् ।

एक गैरसरकारी संस्थामार्फत वडामा अनिमियता भए पनि न गाउँपालिकाको ध्यान पुगेको छ न त वडाकै । जनस्तरबाट रकम असुलेर राज्यमाथी नै छलि गर्ने संस्था र व्यक्ति समूहमाथी कस्तो खालको सजाय होला सम्बन्धित निकायको ध्यान जाओस् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.