साउन २५, काठमाडौँ । काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा एसपी सोमेन्द्र सिंह राठौर तोकिएका छन ।
परिसर तथा मातहत कर्यालयद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेशण गर्न राठौरलाई प्रवक्ता तोकिएको परिसरले जनाएको छ । राठौरलाइ ९८५१११५०७७ नम्वरमा सम्पर्क गर्न भनिएको छ ।

