साउन ६, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विषयवस्तु नबुझि समाचार सम्प्रेशन गर्ने मिडियालाई ध्यानाकर्षण गराएको छ ।
केही सञ्चार माध्यमले फरक प्रसांगलाई प्रमाणीकरण नगराई समाचार सम्प्रेसन गरेको भन्दै ध्यानाकर्षण गराएको हो । उनले महिलाको आत्मसम्मानका लागि आफू सदैव क्रियाशील रहदै आएको र रहिरहने बताए । मन्त्री तामाङले आज एक विज्ञप्ति जारी गर्दै आफू हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा क्रियाशील रहेकोसमेत उल्लेख छ ।उनले साउन ४ गते प्राक्सिस इन्टरनेशनल स्कुलका माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई दिने क्रममा बोलेका कुरा संचारमाध्यममा सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै बंगलादेशमा विद्यार्थीले भोग्नुपरेको समस्याबारे उजागर मात्र गरेको बताए।
“नेपाली विद्यार्थीले बंगलादेशमा अध्ययनरत रहँदा आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीको रुपमा रहेका छन्”–मन्त्री तामाङले विज्ञप्तिमा भनेको छ, “नेपाली विद्यार्थी विदेशमा चिकित्सा विषय अध्ययन गर्न जानुको विकल्पमा नेपालमा नै उक्त विषय अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीहरुले त्यस्ता समस्या भोग्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।”