डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णयमा पुनः विचार हुने अपेक्षा

साउन २५, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उहाँले बताउनुभयो । उहाँले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने उहाँले बताउनुभयो ।

जुनसुकै मूल्याङ्कनमाथि खुला धारणा राखिरहेकोले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको उहाँको भनाइ थियो । उहाँले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताउनुभयो ।– रासस÷सिन्ह्वा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.