साउन २४, काठमाडौँ । मोडल तथा नृत्य निर्देशक छिरिङ लामालाई अनिशा मोक्तान र गीता थापाले ट्रयापमा पारेकी छिन् ।
बाल्यकालमा संगै खेल्ने, रमाउने र एकअर्कामा परेको दुःखामा साथ दिदै आएकी मोक्तान र थापाले एकसाथ मोडल छिरिङलाई आफ्नो पक्षमा पार्न अनेक भूमिका रचेकी हुन्छिन् । अन्ततः दुबै जनालाई लामाले बिहे गरेर आफ्नो घरमा भित्र्याउँछन् । कालन्तरसम्म भने यिनीहरुको सम्बन्ध टिक्न नसकिएको दृश्यमा देख्न सकिन्छ ।
तर यो वास्तविक नभई गायिका मुना तटल (सर्गम) को स्वरमा रहेको नयाँ गीत ‘साथी धोकेबाज’ मा अभिनय मात्र हुन् । प्रेम र आकर्षणमा परेर आफूले खेलेको दोहोरो भूमिकाले दुर्घटना निम्त्याउन सक्छ भन्ने मनोभाव सहितको शन्देश प्रदान हुने उक्त गीतमा निकै लामा समयदेखि नृत्य क्षेत्रमा क्रियशिल निर्देशक तथा मोडल छिरिङको साथमा अनिशा र गीताको अभिनय देख्न सकिन्छ ।
‘साथी धोकेबाज’ म्यूजिक भिडियोको निर्देशन हेरुका लामाले गरेका छन् भने दृश्य छायांकन भने राम कुमार केसीले गरेका हुन् । साईन नेपाल तथा स्याडोज क्रियशनको पोस्ट प्रोडक्सन रहेको उक्त भिडियो सम्पादन कुशल शर्माले गरेका हुन् । प्रेमकृष्ण बजगाईको लय÷संगीत तथा शिलाबहादुर मोक्तानको संयोजन रहेको ‘साथी धोकेबाज’ मा मुना तटलको सुमधुर स्वर रहेको छ भने मिक्सिङ प्रकाश खरेलले गरेका हुन् ।

