डा. केसीद्वारा वार्ता अस्वीकार, केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह,

साउन ६, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको वसन्तपुरमा सामुहिक सत्याग्रह थालिएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे शुरु भएको सत्याग्रहमा डा. केसीका समर्थकहरु सामुहिक सत्याग्रह बसेका हुन् । डा. केसीको समर्थनमा नागरिक अगुवाहरुको नेतृत्वमा शनिबार काठमाडौँमा वृहत् प्रदर्शनसहित सभा समेत सम्पन्न भएको थियो । शनिबारको सभामा बोल्दै मानवअधिकारकर्मी कृष्ण पहाडीले केसीको पक्षमा सामुहिक सत्याग्रह समेत बताएका थिए ।

डा. केसीलाई वार्तामा आउन सरकारको आह्वान, केसी पक्षबाट अस्वीकार

सरकारी वार्ता टोलीले डा. गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् । उनले डा। केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए ।

सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा। केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो । यसबीचमा वार्ता टोलीले तीन पटक डा। केसीका पक्षसँग वार्ता गरिसकेको छ । सरकारी वार्ता टोलीले केसीलाई वार्ताका लागि गरेको आह्वानलाई केसी पक्षले अस्वीकार गरेका छन् । शनिवार साँझ सरकारले वार्ताका लागि आह्वान गरेसँगै केसी पक्षले त्यसलाई विज्ञप्ती मार्फत अस्वीकार गरेको हो । रकारी वार्ता टोलीका तर्फबाट निस्केको प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको पनि केसी पक्षीय वार्ता समिति सदस्य डा. जीवन क्षेत्रीले बताएका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.