साउन ६, काठमाडौं । समयको परिवर्तन सँगसँगै मानिसहरुको सोच पनि परिवर्तन हुन थालेको छ । आजको समाज समयसँगसँगै धेरै बदलिसकेको छ । युवापुस्ता यो मामिलामा अगाडी छन् ।
समयको आधुनिकिकरणसँगै युवा पुस्ताका रुचीहरु पनि फेरिन थालेका छन् । युवापुस्ताले रुचाउने कुराहरुको लिस्टमा लाइफ पार्टनर पनि पर्ने गर्छ । तर धेरै युवाहरुको रोजाई बिहे भएका महिलामा हुने गर्छ । युवायुवतीहरुको अध्ययन गर्ने फोब्र्सको यो खोज अनुसन्धानमा उल्लेख भएअनुसार अहिलेका युवा पुस्ताहरुले विवाहित महिलाहरु धेरै रुचाउने गरेको तथ्य फेला पारेको छ । युवाहरु युवतिहरुसँग भन्दा विवाह गरेका महिलाहरुसँग डेटिग जान रुचाउने गरेको तथ्य पनि फेला परेको छ ।
किन यस्तो ?
अनुसन्धानका अनुसार युवापुस्ताहरुले सबैभन्दा पहिला विवाहित महिलाहरुमा हुने सेल्फ कन्फिडेन्सलाई मन पराएका हुन्छन् । पुरुषहरुले विवाहित महिलाहरुमा समझदारीका साथसाथै पुरुषको कुराहरु पनि स्वतः बु्झ्ने गर्छन् भन्ने बिश्वास गर्छन् । यस कारण पनि पुरुषहरुले विवाहित महिलाहरु धेरै रुचाउँछन् ।
विवाहित महिलाहरुको विवाह पछि धेरै हर्मन् बढ्ने गर्छ । जसको कारण उनीहरुको शरीरको आकार बढ्ने गर्छ त्यसले गर्दा पनि पुरुषहरुले विवाहित महिलाहरुलाई धेरै रुचाउने गरेको अन्सन्धानमा खुलेको छ । यसका साथै विवाह पछि महिलामा परिवर्तन हुने मीठास बोलिले युवाहरुको ध्यान तान्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ ।–एजेन्सी