रबिन्द्र यादव ,
साउन २२, काठमाडौँ । नवलपरासी पश्चिमको सिमावर्तिबाट प्रहरीले ६ लाख मुल्य बराबरको अबैध सुर्ति बरामद गरेको छ । भारतबाट अबैध रुपमा नेपाल लाई लुकाई राखिएको ६० बोरा (१५०० केजी) सुर्ति बरामद गरिएको प्रहरीले जनाएको छ । सुर्ति पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलाबाट बिहिवार बिहान ७ बजे बरामद गरिएको हो ।

बरामद गरिएको उक्त सुर्ति प्रतिकेजी ४ सय रुपैंयाको दरले ६ लाख रुपैंया पर्ने र आवश्यक कारबाहीका लागी महेशपुर भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । सुर्तीजन्य पदार्थ चुरोट , बिडीमा प्रयोग हुने खालको रहेको प्रहरीले जनाएको छ । जिल्लामा एसपी अजय केसी आएएपछि तस्करहरुको भागाभाग भएको छ । वहाँ आएको साढे दुई महिनामा एक करोड भन्दा बढिको मालसामान नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि भन्सार पठाइसकेका हुन ।

