साउन २१, काठमाडौँ । पूर्व सांसद तीर्थ लामाले समाज रुपान्तरणको क्षेत्रमा सक्रिय पवित्रा लामाको पार्टी प्रवेशप्रति खुशी व्यक्त गरे । उनले भने,‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट उनलाई पार्टी प्रवेश गराइएको छ ।’ समाजमा रुपान्तरण गर्न इच्छुक रहेको अभियन्ता पवित्राले देखाएको हौसला र अग्रसरतालाई सम्मान गर्दै उनलाई पार्टी भित्र प्रवेश गरेकोमा स्वागत गरेका छन् । उनले भने,‘हामी पवित्रालाई पूर्ण रुपमा जिम्मेवारी दिनेछौं ।’
उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको भन्दै पवित्राको बुलंद आवाजले गाँउ गाँउ र बस्ती बस्तीमा विभिन्न समसमायिक विषयको मुद्दा उठाउने आशा व्यक्त गरे । कांग्रेसको भूमिका लोकतन्त्रमा निकै महत्वपूर्ण रहेको र सम्पूर्ण विषयलाई सुचीकृत गर्दै अगाडि लग्ने विश्वास समेत उनले दिलाए । भविष्यमा कांग्रसको अगुवाईमा देश विकसित हुने प्रतिबद्वता जनाए । दूई तिहाईको सरकारले गरेको काम सम्पूर्ण जनताले बुझिसकेको र अब नेतृत्वको बागडोर नेपाली कांग्रेसले नै सम्हाल्ने विषयमा जानकारी दिए । सम्पूर्ण नेपालीको मन र मस्तिष्कमा नेपाली कांग्रेस नै रहेको उनको तर्क थियो ।

नेपाली कांग्रेस ललितपुर जिल्ला सदस्य ललिता खनियाँले पवित्रा लामा जस्तै प्रभावशाली य्ुवा अभियन्ताको पार्टी प्रवेश काँग्रेस अझ बलियो हुने बताइन् । उनले पवित्राको काँग्रेस प्रवेशप्रति खुशी व्यक्त गरिन् । उनले भनिन्,‘ लोकतन्त्र प्रतिको पवित्राले देखाएको अस्थालाई म सम्मान गर्दै उनलाई म स्वागत गर्न चाहन्छु ।’ राष्ट्रियताको काममा सदैव नेपाली कांग्रेसले अग्रसर रहेको उनले बताइन् । लोकतन्त्रको अभ्यासमा २००७ साल देखि नेपाली कांग्रस अग्रसर रहेको बताइन् । अहिलेको सरकार तानाशाही पद्वतीको सरकार रहेको भन्दै दूई तिहाईको सरकारले निकै ज्यादती गरिहरहेको आरोप लगाइन् । नेकपाको सरकारले सुख र सम्रिद्वि ल्याउँछु भन्दै जनतालाई ठगेको आरोप लगाइन् । सिंहदरबारलाई प्रत्येक जनताको घरदैलोमा पु¥याउने बाचा गलत सावित भएको बताइन् ।
काँग्रेस प्रवेश गरेकी सामाजिक अभियन्ता पवित्रा लामाले अब देशको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने आवश्यकता औल्याइन् । उनले भनिन्,‘युवा सडकमा आउने बेला भयो । देशको बेथिती र बिसंगतिविरुद्ध आवाज उठाउन ढिला गर्नुहुन्न ।’ नेपाली काँग्रेसले देशमा घटिरहेको घटना र बेथितीलाई उठाइरहेको र जिम्मेवार राजनीतिक दल भएकाले आफू आवद्ध भएको बताइन् । लोकतन्त्र बचाउन सम्पूर्ण युवा पुस्तालाई नेपाली कांग्रेसमा आवद्व हुन आग्रह समेत गरिन् । उनले भनिन्,‘ अहिलेको दूई तिहाईको नेकपा सरकारले केही गरेको छैन् ।’ वनमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा चितवनको चेपाङ बस्तीमा आगो लगाएको आरोप लगाउँदै उक्त घटना सर्मनाक रहेको बताइन् ।

काभ्रे जिल्ला इकाई सभापति नारायण थोकरले अभियन्ता पवित्र लामाले पार्टी प्रवेश गरेकोमा स्वागत गरेका छन् । उनले भने,‘युवा पुस्ताहरु पवित्राको पक्षमा छन् । ती सब युवालाई पवित्राकोमार्फत पार्टी प्रवेश गराउन पर्छ ।’ सम्पूर्ण युवालाई एकजुट हुन अहिलेको आवश्यकता रहेको भन्दै कार्यक्रम सान्दर्भिक र महत्वपूर्ण रहेको उनले बताए । सामाजिक अभियन्ता पवित्रा लामा नेपाली कांग्रसमा प्रवेश गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बुढानिलकण्ठस्थित निवासमा अयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेशबारे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

