साउन २०, चितवन । चितवनमा बिना इजाजत औषधि बिक्री गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १५, देवीचोक बस्ने भोजबहादुर गुरुङ्ग र सोही ठाउंँबस्ने अर्का महेश परियार छन् ।
गुरुङ्गको घरमा खानतलासीको क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजीको १६४० वटा ट्याबलेट, डोम्पल १० लेखिएको २४० वटा ट्याबलेट, अनरगन २५ लेखिएको १२७० वटा ट्याबलेट, ट्रिपलिन २५ लेखिएको २८ वटा ट्याबलेट र नगद ७ हजार ७१५ रुपैयांँ बरामद गरेको थियो । उनीहरुलाई पक्राउ गरी औषधि व्यवस्था विभाग, वीरगन्जमा कारबाहीको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

