साउन १२, काठमाडौँ । ललितपुर जिल्लाको गोदवारी नगरपालिका स्थित वडा–१३ झरुवाराशीमा एक धार्मिक संस्थाद्वारा ५ घरका दलित परिवारलाई बन्दी बनाएका छन् ।
ओ.एम नेपाल ट्रान्सफरमिङ लिभ्स एण्ड कम्युनिटि नामक संस्थाले विगत १२ वर्षदेखि पुस्तौ पुस्तादेखि बस्दै आएका दलित बस्तीको परिवारमाथी थिचोमिचो गर्दै आईरहेको खुल्न आएको छ । करिब १० रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा संस्थाले कम्पाउण्ड तथा फलमे गेट बनाएर ताल्चा आफूसंग राख्दै आएपछि कम्पाउण्डभित्रका ५ घरका परिवार बाहिर निस्कन कठिनाई भएको पीडितहरुको गुणासो छ ।

विदेशी सहयोगमा बनेको उक्त संरचनामा आफूहरुले लिएको जग्गा परिसर भएकोले सुरक्षाको लागि कम्पाउण्ड लगाएको सोही संस्थाका कार्यकारी निर्देशक धन लाल पाख्रिनले दाबी गर्दै आएपनि त्यहाँका दलित बस्तीका परिवारहरु भने आफूहरुलाई अफ्टयारोमा पारेर त्यहाँबाट निकाल्न खोजेको गम्भीर आरोप लगाएका छन् । पैसा र शक्तिको प्रलोभन देखाई आफूहरुलाई धर्म समेत परिवर्तन गराउन खोज्ने गरेको बताएका छन् । तर १२ औं पुस्तादेखि बस्दै आएका आफ्नो थलो नछाड्ने र स्वतन्त्रपूर्वक बाटो प्रयोग गर्न पाउनुपर्ने माग सहित न्यायका लागि नगरपालिकाको न्यायालय पुगेको बताएको छ ।
बाउबाजेको थपथलोलाई संरक्षण गर्न आफ्नो कर्तव्य रहेको भन्दै विदेशी लगानीको नाममा आफ्नो बस्तीलाई जबरजस्ती धर्म परिवर्तनका केन्द्र बनाउन खोजिए त्यसको मूल्य चुकाउनुपर्ने बताए ।

२०६२ सालमा खण्ड–खण्ड जग्गा खरिद गरी ०६५ सालमा वडाको सिफारिस सहित निर्माण भएको संरचना पछिल्लो समय नगरपालिकाको मापदण्ड विपरीत गएको र ०७० सालमा गेट निर्माण गरी पूरै बस्ती समेत संरचनाभित्र पार्न खोज्दा स्थानीयले अवरोध पु¥याएको बुझ्न आएको छ । हालसालै पुनः गेट निर्माण गरी ताल्चा लगाएपछि बस्तीभित्रका परिवारका सदस्यहरु बाहिर निस्कन कठिनाई भएको उनीहरु बताउँछन् । घरबाहिर जान र भित्र गर्न समेत अरुलाई सोध्नु पर्ने परिस्थिति आएको भन्दै आफूहरु स्वतन्त्रपूर्वक हिड्न र बाच्न पाउने नैसर्गीक थलोको अस्तित्व नै हराएको भन्दै न्यायको लागि मिडियामा आउनुपर्ने बाध्यता सुनाउँछन् । विरामी तथा अपतकालिन अवस्थामा समेत उनीहरुको निर्देशनमा चल्नुपर्ने अवस्थाको पीडा आफूहरुले व्यहोर्नु परेकोले तत्काल बाटो खुल्ला राख्नुपर्ने पीडितहरुको माग छ । त्यस क्षेत्रमा झरुवाराशी गुठी पनि रहेको छ । जसमा २२ घरपरिवार र दलित समुदायको २२ घरपरिवार बस्दै आएका छन् ।

सन्तानेश्वर मन्दिरको काखमा अवस्थित उक्त बस्तीमा ठूला–ठूला धार्मिक भवनहरु निर्माण गरिएको छ । सोही धार्मिक संस्थाअन्र्तगत शिलो फार्म समेत सञ्चालन गरि नर्सरी तथा कृषिका कार्य गर्दै आईरहेको छ । पास्टरहरुको प्रशिक्षण केन्द्रको प्रयोजनका लागि निर्मित त्यस भवनमा त्यहाँका केही परिवारका सदस्यहरु रोजगारी दिदै आएको संस्थाका कार्यकारी निर्देशक धनलाल पाख्रिनको भनाई छ ।
समस्याको समाधानका लागि वडा कार्यालय पुगेका पीडितहरुको निवेदन नगरपालिकाको न्यायिक समितिमा राखेर निकासा निकाल्ने वडा अध्यक्ष भास्कार थापाले बताएका छन् । त्यस ठाउँमा बाटोकै नाममा पटक–पटक समस्या आउने गरेको खुलासा गर्दै अव न्यायिक समितिको निर्णयबाट दुवै पक्षलाई राखेर समस्याको समाधानतर्फ जाने वडा अध्यक्ष थापाले बताएका छन् ।
उनले भने दुवै पक्षको उजुरी परेको कारण आउने शुक्रबार न्यायिक समितिको बैठक बसी विवाद टुंग्याउने र सामुदायिक हितका लागि दुवै पक्षले गम्भीरतापूर्वक ध्यान दिन पनि आग्रह गरे ।
भिडियो हेर्नुस्

