सेतो पानी बग्ने समस्याको उपचार घरमै यसरी गर्न सकिन्छ (भिडियो सहित)

साउन १२, काठमाडौँ । तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन्। विशेषगरी पाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सर गम्भीर समस्या हुन्। पछिल्लो समय धेरै नेपाली महिलामा सेतो पानी बग्ने समस्या देखिने गरेको छ। यो समस्याका धेरै कारण छन्। महिलाहरुको योनीबाट सेतो, पहेंलो, हरियो, रगत मिसिएको आदि इत्यादि प्रकारको चिप्लो पदार्थ बग्ने समस्या हुन्छ।

यो सामान्य पनि हुनसक्छ वा प्रजनन अङ्गमा कुनै किसिमको संक्रमणको संकेत हुन सक्छ। यो पानी जस्तो पदार्थ सन्तान उत्पादन गर्ने अङ्गहरु ओभरी, फलोपिवन ट्युव, भेजिना तथा क्यरभिक्सबाट पनि हुनसक्छ। सामान्य किसिमबाट बग्ने पदार्थ गन्ध नआउने पातलो हुन्छ। गर्भवति भएको बेलामा बग्ने सेतो पानी सामान्य हुन्छ।

असामान्य खाले पानी पहेँलो, हरियो वा गन्ध आउने खालको हुन्छ। यसमा कुनै किसिमको हानीकारक जिवाणु वा सूक्ष्मजीव हुन सक्छ। यस मध्ये यौनसम्र्पकबाट सर्ने रोगहरु, भाइरस तथा ब्याक्टेरियल रोगहरु, भिरिङ्गी जस्ता कारणहरु मुख्य हुन्छन्।

पूरा जानकारी भिडियोमा हेर्नुहोस्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.