१७ लाख बराबरको खसी सशस्त्र प्रहरीको नियन्त्रणमा

रबिन्द्र यादव,
साउन १०, नवलपरासी । नवलपरासी पश्चिममा शसस्त्र प्रहरीले ठुलो परिणाममा भारतबाट लुकाइछिपाइ अवैध रुपमा ल्याईएको खसी बोका बरामद गरेको छ । सुस्ता गाउँपालिकाको वडा नम्बर ५ रतनगंज भारतबाट लुकाईछिपाई अवैध रुपमा खसी बोका ल्याउँदै गरेको सुचनाका आधारमा खोजतलासका लागि शसस्त्र प्रहरीको टोलि खटाइएको थियो ।

खोजतलास गर्ने क्रममा रतनगंज स्थित छाप्रोमा राख्दै गर्दा शसस्त्र प्रहरी वल नेपाल २६ नम्बर गण बेलासपुर र अस्थायी सुरक्षामा वेस बलिनगरबाट खटिएको टोलीले खसी फेला पारेको शसस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए । ८५ वटा खसी बरामद गरिएको छ , प्रति खसी २० हजारका दरले १७ लाख बराबर रहेको खनियाले बताए । बरामद गरिएका खसीलाई आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालय पठाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.