साउन १०, काठमाडौं । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आर्थिक विभागको संयोजकमा सुनिल कुमार तामाङ (दोङ) मनोनयन भएका छन्।
बिगत लामो समय देखि नेपाली काङ्ग्रेसमा क्रियाशिल सक्रिय राजनीति गर्दै आएका युवा व्यावसायि एवंम समाजसेवि दोङलाई पार्टीको जिल्ला कार्यसमितीले आज (शनिवार) आर्थिक विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पाँचपोखरी गाउँपालिका १ बास्खर्काका दोङ समाजसेवाको भावना बोकेर राजनीतिमा होमिएका थिए । उनले आफुलाई पार्टीले विश्वास गरि जिल्लाकै आर्थिक विभाग प्रमुख जस्तो पदमा सिफारिस गरि जिम्मेवारी दिएकोमा पार्टी कार्यसमितिलाई धन्यवाद दिए । संयोजक दोङले पार्टीले दिएको जिम्मेवारीप्रति दत्तचित्त भएर लागी पर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
जिल्लामा आइपर्ने विभिन्न विपत्तको बेला सहयोग गरि समाजसेविको छवि समेत बनाएका दोङलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक कार्यसमितिले शनिवार एक कार्यक्रमका बिच पत्र काटेर संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।

