कोरना कहर बीच संसार फेर्छु भन्दै आईन प्रियंका (भिडियो सहित)

साउन ९, काठमाडौँ । अमेरिकामा रहेर निरन्तर गीत संगीतमा क्रियाशील गायिका रानी शाक्यले आफ्नो बिल्कुलै नयाँ थिम्याटिक भर्सनको गीत ‘संसार फेर्ने’ सार्वजनिक गरेकी छिन्।

सामाजिक संदेशको बोकेको यस गीतमा ‘संसार फेर्न’ पहिला आफुलाई फेर्नु पर्ने , कामले नै मान्छेलाई खोजे जस्तो नाम दिने, जीवन संघर्ष हो डटेर लड्नुपर्छ भन्ने संदेश दिन खोजिएको छ। गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन्।

जीवन शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका छन्। उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गायिका शाक्यको अफ़िसिएल च्यानल रानी शाक्य मार्फत भिडियो सार्वजनिक भएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.