नारायणीमा दाउरा निकाल्न जादा चिप्लेर एक बृद्ध बेपत्ता

रबिन्द्र यादव,
साउन ९, काठमाडौँ । बर्सेनि नारायणीमा मान्छे डुबेर बेपत्ता भएको समाचारहरु पटक पटक आउँदा पनि मानिषलाई आफ्नो ज्यानको माया भन्दा पनि दाउराको लोभको कारण कतिको ज्यान गएको छ यस्तै नवलपरासी पश्चिम सुस्ताको एक बृद्धले नारायणी नदिमा दाउरा झिक्न जादा नारायणी नदिले बगाएर बेपत्ता बनाएको छ ।

शुक्रबारको दिन करिब ५ः३० बजे बिहानको समयमा नारायणी नदिमा दाउरा झिक्न जादा सुस्ता ५ पक्लिहवा स्थित ठोकर न ३ बाट सुस्ता ५ पक्लिहवाको रामनगर टोलमा बस्ने अन्दाजी बर्ष ५५ को राधेश्याम कोइरीलाई नारायणी नदिले बगाएपछि बेपत्ता भएको हो । कोइरी बिहानको समयमा नदिमा दाउरा आउने भनेर दाउरा झिक्न गएका थिए । ठोकर न ३ मा दाउरा झिक्ने क्रममा उनको खुट्टा चिप्लिएर नदिमा झरेका थिए भने यही ६ गते सुस्ता – ४ नर्सही बस्ने बर्ष ३२ का सन्त चौधरी पनि बेपत्ता भएका थिए । ठोकर नं १३ बाट दाउरा झिक्ने क्रममा बेपत्ता भएका हुन । बेपत्ता कोइरी र चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.