पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हुँदै

साउन ९, काठमाडौँ । नेपाल पत्रकार महासंघले आगामी भदौ २ र ३ गते हेटौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

कोरोना महामारीका कारण गत वैशाखका लागि तय भएको महासंघको राष्ट्रिय भेला स्थगित भएको सन्दर्भमा महासंघको सांगठनिक गतिविधि प्रभावित भई २६औं महाधिवेशनको मिति तय गर्न कठिनाई उत्पन्न भएकाले सो बारेमा निर्णय लिन आगामी भदौ २–३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको महसंघका महासचिव रमेश विष्टद्वारा जारी बिज्ञप्तिमा जनाइको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा साउन ८ गते बसेको महासंघ केन्द्रीय समितिको दसौं पूर्ण बैठकले महासंघको सांगठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका विषयमा पनि छलफल गरेको जनाइएको छ । साथै महासंघले लकडाउनका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद यही साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ ।

बैठकले कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त बनाई परिणाममूखी बनाउने निर्णय गरे महासचिव विष्टले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.