करारका कर्मचारीको म्याद सकिए पनि पुनः नियुक्ति नगराई काम गरिदै

प्रारम्भ खबर,

साउन ४, काठमाडौं । गोकर्णेश्वर नगरपालिका अवस्थित गोकर्णमा रहेको राष्ट्रिय शहिद तथा शान्ति पार्क स्मारकमा प्रारम्भ खबरको पटक–पटक भएको अनुगमनबाट थप रहस्या फेला पार्दै गएको छ ।

हाम्रो तेस्रो फलोअपमा शहिद पार्क परिसर क्षेत्र, बन्दै गरेको निर्माण संरचना, कार्य समिति तथा त्यसबारे वस्तुगत अनुसन्धानमा अझै थुप्रै अनिमियतता भएको प्रमाण फेला परेको छ । त्यस पार्कमा कार्यरत १३ जना कर्मचारीहरुको विवरण अनुसार सबै जना करारमा नियुक्ति भएका देखिन्छन् । १ वर्षको अवधि सहित करारमा नियुक्ति भएका कर्मचारीहरुको आ.वा. २०७४÷०७५ को आर्थिक वर्ष असार मसान्तमा म्याद समाप्त भएको छ । तर पनि सुर्दशन सिग्देल अध्यक्ष रहेको त्यस कार्य समितिले भने औपचारिक रुपमा न विदाई गरेको छ न त थप नियुक्ति नै दिइएको छ । यसभित्रको रहस्या जटिल नै रहेको पाइएको छ । नियमानुसार १ वर्षका लागि नियुक्ति पाएका कर्मचारीहरु स्वतः हट्नुपर्ने र त्यस पदहरुमा नयाँ नियुक्ति गर्ने वा पुरानोलाई नै कामको मूल्यांकन गरेर राख्ने त्यो अधिकार पार्क समितिलाई रहेको बुझ्न आएको छ ।

त्यस्तै अर्को नयाँ तथ्या फेला परेको छ । जहाँ राष्ट्रिय शहिद तथा शान्ति पार्क स्मारक निर्माणका लागि पाँच वटा प्याकेज सहितको निर्माण संरचनाहरु बनाउन गुरु योजना नै बनिसकेको छ । त्यही अनुरुप पाँच वर्षको अवधिमै काम सम्पन्न हुनुपर्नेथ्यो त्यो हुन सकेको छैन् । पाँचै वटा प्याकेज निर्माणका लागि विभिन्न ठेगदार कम्पनीलाई जिम्मा दिए पनि उनिहरु फरार अवस्था रहेको कुनै जानकारी समेत लिन मुस्किल छ । उक्त गुरु योजना अनुरुप बनेका नक्सांकनमा झै त्यहाँको संरचना भने बन्न सकेका छैन् । बरु आधा मात्र बनिसकेका केही संरचना भने हेर्न लायक पनि नभएको भेटिएको छ । अहिले अन्य कार्य समितिलाई नै जानकारी नदिई अध्यक्ष सिग्देलले पस्चिमतर्फ स्मारकमा गुरुयोजना बिपरित नयाँ प्रवेशद्वार निर्माण गर्दै सर्वसाधारणलाई प्रवेशमा बन्देज लगाउने कार्य गराईरहेको छ ।

९ लाख रकमले ४ मिटिर मात्रै बाटो ढलान

त्यस्तै अध्यक्ष सुर्दशन सिग्देलले पार्क समितिलाई मेलम्ची खानेपानी आयोजनाबाट इनार बनाउन आएको ९ लाख रकमले ४ मिटिरको बाटो ढलान गरेकोप्रति कार्यसमिति पदाधिकारी असन्तुष्ट रहेका छन् । स्रोतका अनुसार सो ९ लाख रकमको योजना समितिका कोषध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा निकासा गरेर कार्य सम्पन्न गर्ने भनिए पनि अध्यक्ष आफैले आफुखुसी ठेक्का दिएर सन्तोषजनक कार्य नगरेको आरोप लागेको छ ।

अवैज्ञानिक रुपमा १ लाख ८० हजारको ठेक्का

आर्थिक वर्षको क्लोजिङमा आएर समितिलाई जानकारी नै नदिई स्मारकको योजना विना फुलबारी बनाउन ओम नर्सरीलाई १ लाख ८० हजारको ठेक्का दिएको छ । बजेट स्रोत नै नभए पनि नर्सरीलाई उदारो ठेक्का उपलब्ध गराएको छ । तर यो कार्य जानकारी भने समितिका अन्य सदस्यलाई नै थाहा नभएको खुल्न आएको छ । हाम्रो फलोअप न्युजले सजग भएका अध्यक्ष सिग्देलले पछिल्लो समयमा पनि उही कार्य दो¥याएको हाम्रो बुझाई छ । सायद साउन ५ गते कार्यसमितिको बैठक बस्ने जानकारी पाएका छौं त्यही बैठकबाट केही आशा लाग्दो निर्णयको उपलब्धी आउँला कि । प्रतिक्षा गरौं ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.