साउन ७, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले अपहरणको नाटक गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी छन् । महाशाखामा रेग्मी अपहरण भएको हुनसक्ने भन्दै असार २४ देखि हराएको भन्दै साउन २ गते निवेदन परेको एसपी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गएराति उनलाई नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा पाइएको हो ।
रेग्मीलाई नियन्त्रणमा लिएलगत्तै उनले विभिन्न ब्यक्तीहरूसँग जग्गा व्यवासाय गर्छु भनि करोडौं रुपैयाँ लिएको पाइएको छ । पैसा रकम तिर्न नपरोस् भन्दै उनले आफैं अपहरणको नाटक गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ । अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाही अघि बढाइएको एसपी कार्कीले बताए ।

