अध्यक्ष दाहालको नाम जोडर आएको समाचार गलत

साउन ४, काठमाडौं। डा गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उहाँका निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा केसीको माग जायज ः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन्,” विज्ञप्तिमा भनिएको छ, “डा केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।” अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.