७० हजार घुससहित एक कर्मचारी रंगेहात पक्राउ

साउन ४, राजविराज । तिलाठी कोइलाठी गाउँपालिकाका एक कर्मचारी ७० हजार घुससहित पक्राउ परेका छन् । सडक निर्माण गर्ने उपभोत्तासँग घुस माग्ने गाउँपालिकाको भौतिक पूर्वाधार शाखामा कार्यरत कार्यालय सहायक राजकुमार मण्डल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ७० हजार रुपैयाँ घुससहित मण्डललाई कार्यालयबाटै रंगेहात गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको सडक निर्माण गर्ने उपभोक्ता समितिसँग घुस लिँदालिँदै मण्डललाई पक्राउ गरिएको अख्तियारका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । बाटो निर्माण सम्पन्न भएपनि घुसबिना फरफारक गर्न नमानेपछि उपभोक्ता समितिले अख्तियारमा जानकारी गराएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.