साउन ५, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । आज १८६ जना थपिएका छन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ । पाँच हजार ९३६ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।
यस्तै निको हुनेको संख्या ११ हजार ८६८ जना पुगेको छ । आज १७३ जना निको भएका छन् । आइतबार ५८ जना निको भएका थिए । शनिबार १०३ जना निको भएका थिए । शुक्रबार २८५ जना निको भएका थिए । विहिबार २१३ जना निको भएका थिए । ६६.५१ प्रतिशत संक्रमित निको भएका छन् ।यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ८ जिल्ला कोरोना मुक्त भएका छन् ।

