सरोज र आश्माको ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक ( भिडियो सहित )

साउन ३, काठमाडौँ । कोरना कहरका कारण ठप्प भएको मनोरंजन उद्धयोग बिस्तारै पुरानै लयमा फर्कने कोसिसमा छ। कलाकारहरुका रोकिएका सृजनाहरु बजारमा आउने क्रम बढ्दो छ। रियालिटी शो नेपाल आइडलबाट चिनिएका गायक पवन गिरीले आफ्नो बिल्कुलै नयाँ गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्।

नेपाल आइडलको मंचमा रक गीत संगीत प्रस्तुत गरेर सबैको मन जितेका गिरीले आफ्नो जनरा परिवर्तन गर्दै स्रोता दर्शकका लागि सर्प्राइज स्वरूप लोक फ्लेवरको गीत ल्याएका हुन्। डान्सिङ बिटको यस गीतमा स्वर पवन गिरीको रहेको छ भने गीतका शब्द रमेश दहालले लेखेका हुन्। टिका दहालको संगीत रहेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

यस गीतको भिडियोमा अन्य कलाकारहरुको साथमा चर्चित जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको जोडदार अभिनय देख्न सकिन्छ। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्। हास्य टेलिश्रृंखला ुसक्किगोनिुमा काकु भनेर चिनिने कलाकार दिपक आचार्यको निर्देशनमा तयार भएको भिडियोलाई वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको छ।

धेरै जनाको मिहिनेतबाट बनेको भिडियो स्रोता दर्शकलाई मन पर्नेकुरामा टिम आशावादी छ। साथै दर्शक , स्रोता बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा समेत गरिएको छ। रामजी बस्नेत प्रति विशेष आभार प्रकट गरिएको भिडियोलाई वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार पारिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.