तानसेन–बुटबल सडक अवरुद्ध

साउन २, बुटवल । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ । वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.