अनलाइन मिडिया गुणस्तर मापनका लागि छलफल आवश्क छ–प्रवक्ता डा. खतिवडा

असार २९, काठमाडौं । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चार माध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक भएको बताएका छन् ।

सोमबार सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । अहिले प्रतिदिन एक अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने गरेको मन्त्री खतिवडाको भनाइ छ । प्रवक्ता डा. खतिवडाले भने–‘एक दिनमा एउटा अनलाइन दर्ता हुने रहेछ । कति अनलाइन चाहिने हो हामीलाई रु दिनमा एउटा अनलाइन चाहिने हो कि, गुणस्तर रु विषयवस्तुको कति गहिराईमा जाने । कि संख्या मात्रै बढाउने रु यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

त्यस्तै प्रवक्ता खतिवडाले कोरोना संक्रमणका कारण सञ्चार माध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको जानकारी दिए । साथै, उनले सञ्चार माध्यमलाई सरकारले सक्दो सहयोग गर्ने पनि बताए । बैंकहरुबाट ऋण लिएर सञ्चालन भएका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको जस्तै सुविधा उपलब्ध हुने मन्त्री खतिवडाको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.