सांसद र मन्त्रीको तलवबाट राहत व्यवस्था गर्न माग

असार २७, काठमाडौँ । कोरोना पीडित संघर्ष समितिले लकडाउनको मारमा परेका नागरिकलाई राहतको उचित व्यवस्थापन गर्न माग गर्दै सडक संघर्ष गर्दै आएको छ ।

उपत्यकाका जिल्ला प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय मानव आयोग नेपालसम्म पुगेका संघर्ष समितिले माईतीघर मण्डला, ललितपुर हुँदै विभिन्न क्षेत्रमा धर्ना तथा ध्यानाकर्षणका कार्यक्रमहरु गदै आएका छन् । शुक्रबार काठमाडौँको चाबहिलमा धर्ना राखेका थियो । उक्त कार्यक्रममा बोल्दै डा. सुरेन्द्र भण्डारीले चिकित्सक र सुरक्षाकर्मी बाहेक सरकारका सम्पूर्ण कर्मचारी र मन्त्री सांसदहरुको लकडाउनको समयको तलबबाट गरिब नागरिकलाई राहत दिनुपर्ने बताएका छन् ।

संसादहरुको मन्त्रीहरुको सेवा सुविधा बढाउने होईन् , सांसदहरुको १५ करोड र ६ करोड सांसद भत्ताबाट कोरोना पीडित नागरिक, भाडावाला तथा आवश्यक अनुसार विद्यालयलाई राहत उपलब्ध गराउनुपर्ने उनको माग छ । भ्रष्टाचार र सरकारको नीतिगत असफलताका कारण देशमा समस्या देखिएको डा. भण्डारीले बताए । सरकारमा नेतृत्व गर्नेहरु आफ्नो स्वार्थ र कूर्सी बचाउने खेलमा मात्र लागेको बताउँदै नागरिकप्रति जिम्मेवार नरहेको दावी गरे । उनले सरकारलाई प्रश्न गर्दै १० अर्वको हिसाव खोज्दै ती रकमबाट पीडितहरुलाई राहतको व्यवस्थापन गर्न सके नागरिक भोकै मर्नुपर्ने स्थिति आउँदैन् । सरकारकै कारण लकडाउन अवधिमा करिब १४÷१५ सय नागरिकले आत्महात्या गरिसकेको बताए ।

त्यस्तै कोरोना पीडित संघर्ष समितिका संयोजक तथा भाडावाला सरोकार समाजका अध्यक्ष विष्णुजंग बस्नेतले संघर्ष समितिको मागलाई सरकारले सुनुवाई गरेन भन् थप सशक्त सडक आन्दोलन गर्ने बताए । आफू पीडितहरुको नेतृत्व गर्दै आउँदा पीडितहरुको थुप्रै गुनासो र घटना घटेको सूचनाहरु आईरहेको बताए । लकडाउनका कारण मजदुर तथा विभिन्न पेसा व्यवसाय गरेका व्यक्तिहरु मारमा परेको, भाडामा बस्ने नागरिकहरुको समस्या, ट्याक्सी व्यवसायीहरु किस्ताको समस्या जस्ता कुराले आत्महात्यासम्मको कुरा आईरहदा सरकार मौन रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराउँदै आएको संयोजक बस्नेतले बताए ।
कोरोनाको कारण व्यावसाय, यातायात, मजदुर किसानका कामहरु ठप्प रहेकोले लकडाउन अवधीभरको घरभाडा मिनाहदेखि बैंक तथा वितिय संस्थाहरुको ब्याज, स्कुल कलेजको शुल्क मिनाह लगाएतका माग राख्दै सरकारलाई ध्यानाकर्षण गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.