काभ्रेको खानीखोलामा भूकम्प पीडितले पाउने रकममाथी चरम अनिमियतता

साउन ३, काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा भूकम्पपछिको नीजि आवास निर्माणका लागि सरकारले उपलब्ध गराएको पहिलो किस्ता बाहेक दोस्रो किस्ता प्राप्त गर्न प्राविधिकले मनोमानी सिफासि दिदै रकम असुलेको जानकारी प्राप्त भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा खानीखोला गाउँपालिकामा नीजि आवास पुर्ननिर्माणको कार्यान्वयन गर्दै आइरहेको अवस्थामा भूकम्प पीडित लाभग्राहीहरुको नीजि आवास निर्माणका लागि प्रथम किस्ता बापत अनुदान लिई दोस्रो किस्ता लिनका लागि सम्झौताअनुसार डिपीसी तहसम्मको काम सम्पन्न गरे पनि प्राविधिकले सिफारिस नदिँदा पीडितहरुले सो किस्ता पाउन सकेका छैनन् । प्राविधिक निरिक्षण भइसकेपनि पीडितलाई सिफारिस नगराएको र निमार्ण कार्य नै नभएकाहरुलाई सिफारिस दिदै मोटो रकम असुलेको गोप्य सूत्रबाट जानकारी प्राप्त भएको छ ।

घर निर्माण नै नगरी सिफारिस बापत असुलेको रकम

  • प्राविधिक बमले प्रतिघर ५ देखि ७ हजार

  • निशान र विरमानले ३० देखि ५० हजार

तत्काल डिपीसी तहसम्मको घर निर्माण कार्य सम्पन्न भएकालाई दोस्रो किस्ता उपलब्ध गराउनुपर्ने उक्त गाउँपालिकामा खटिएका प्राविधिक हर्ष बम र स्थानीय जनप्रतिनिधिका कारण वडा ८ र ९ का पीडितहरु निरासा बनेका छन् । स्थानीय विरमान मोक्तान र निशान मोक्तानको सहयोगमा प्राविधिक हर्ष बमले वडा ८ र ९ का पीडितहरुको प्रति घरदुरीबाट रु ५ देखि ७ हजारसम्म घुस लिइएको खुल्न आएको छ । प्राविधिक बमबाट सिफारिस गर्न लगाएर विरमान र निशानले निर्माण प्रक्रिया नै नभएकाहरुबाट ३० देखि ५० हजारको दरले रकम असुलेको प्रमाण प्रारम्भ खबरलाई प्राप्त भएको छ ।

पछिल्लो समयमा उक्त कुरा बाहिर आउन थालेपछि रातारात दुईकोठे घर निर्माण गर्न जग बसाल्न लगाउँदै ढाकछोप गर्न खोज्दा स्थानीयहरुबाट प्रतिवाद गर्न थालिएको पाइएको छ । सो कुरालाई लिएर जिल्ला प्रशासन कार्यालय धुलिखेल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण काभ्रे, अख्तियार अनुसन्धान आयोगसम्म उजुरी परेको जानकारी प्राप्तपछि निर्माण कार्य सम्पन्न भएका लाभग्राहीहरुलाई दोस्रो किस्ता उपलब्ध गराउन थालिएको गोप्य स्रोतबाट जानकारी आएको छ । अझै पनि केही पीडितहरुले पाउनुपर्ने राहत उपलब्ध गर्न नपाएको गुणासो आईरहदा सम्बन्धित निकाय मौन रहेको छ । स्रोतका अनुसार भूकम्पको रकममाथी अनिमियतता गर्नेहरुमार्थी छानविन गरी आवश्यक कारवाही गर्न जिल्लाबाट छानविन समिति समेत गठन गरी स्थलगत अनुगमन गराईसकेको र कारवाहीको प्रक्रिया अघि बढ्न नसकेको दावी छ । गाउँपालिका अध्यक्ष कृष्ण खुलाल भने स्थानीयको चासोमा गैरजिम्मेवारपूर्ण ढंगाले गाउँको कार्यालयमा भन्दा बनेपामा बढि समय विताउँदै आएको जानकारी छ ।

वडा अध्यक्षको कुर्सीमा प्राविधिक कर्मचारी

आफ्नो कार्यालयको कुर्सीमा बसेर जनताको सेवा प्रदान गर्नुपर्ने निर्वाचित जनप्रतिनिधि सेवाग्राहीको रुपमा देख्दा लाग्छ जनताले किन मतदान गरे होला ? सोही गाउँपालिका वडा ४ का जननिर्वाचित वडा अध्यक्ष विरबहादुर वाईवाको कुर्सीमा प्राविधिक कर्मचारी हर्ष बमले अध्यक्षलाई सेवाग्राहीको रुपमा अगाडी राखेर आफु नौटंकी कार्य गर्दै आइरहेको खबर छ । वडा अध्यक्षको काम, कर्तव्य र अधिकारलाई समेत ख्याल नगरी आफु सेवाग्राहीको रुपमा बस्ने र आफ्नो कुर्सीमा एउटा कर्मचारीलाई राखेर मनोमानी गतिविधि गराउँदा कस्तो खालको सेवा प्रवाह होला त्यो त त्यहीका वास्तविक सेवाग्राहीले मात्र बुझ्न सकिएला । वडा अध्यक्षको हरेक कागजातदेखि महत्वपूर्ण निर्णय तथा योजना समेत रहने सो कुर्सीमा अन्य व्यक्तिलाई बस्ने हैसियात भए किन अध्यक्ष बन्नु यसबारेमा पनि सचेत हुनुपर्ने हो कि ?

Satkar Media House
Leave A Reply

Your email address will not be published.