असार २५, काठमाडौं । भारतीय सञ्चारमाध्यमले सरकार प्रधानमन्त्रीमाथि निरन्तर आक्रमण गर्न थालेपछि पार्टीका नेताहरू र मन्त्रीहरू प्रतिरक्षा गर्न थालेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ट्विटमार्फत् खेद व्यक्त गरेका छन् । नेपालका प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेका समाचार तथा टिप्पणीले पूर्वीय सभ्यताको उपहास गरेको उनको तर्क छ । “उनीहरुले आफैँलाई सरेआम नङ्ग्याइरहेका छन् । दया लाग्छ उनीहरूको चिन्तनप्रति,” उनले भनेका छन् ।

