आज मन्त्रिपरिषद बैठक बस्दै

असार २३, काठमाडौं । आज दिउसो ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आजको बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनौट गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिबाट अवकाश पाउँदैछन् । त्यसैले पनि आजको बैठकले यसै विषयमा निर्णय गर्ने बताइएको छ । अब बन्ने नयाँ महानिरीक्षकको सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् । उनीहरु मध्ये एक जना आइजीपीमा नियुक्त हुनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.