यो जीन्दगी खोई कस्तो कस्तो बुझ्नै नसकिने
दुःख पिउँदै बाँच्नु पर्ने सोच्नै नसकिने
यो जीन्दगी कस्तो कस्तो ?
बेय्था अथाह हुँदा पनि पोख्नै नसकिने
शुन्यतामा बित्छ जीवन भोग्नै नसकिने
यो जीन्दगी कस्तो कस्तो ?
झर्ना जस्तै बग्ने बेय्था थाम्नै नसकिने
छाल सरी उठ्ने मन रोक्नै नसकिने
यो जीन्दगी कस्तो कस्तो ?
हाँसौ भन्दा मुटु दुख्ने सोच्नै नसकिने
लक्ष्यमा त पुगौ भन्यो पुग्नै नसकिने
यो जीन्दगी कस्तो कस्तो ?
गरिबीमा जीउने जीवन पिडा धेरै हुने
राँको जस्तै मन सल्किए निभ्नै गाह्रो हुने
यो जीन्दगी कस्तो कस्तो ?
आँशु निल्दै बाँच्नु पर्ने सोच्नै नसकिने
निराश्रम झै चल्छ जीवन दुःख नसकिने
यो जीन्दगी खोई कस्तो कस्तो बुझ्नै नसकिने
दुःख पिउँदै बाँच्नु पर्ने सोच्नै नसकिने
यो जीन्दगी कस्तो कस्तो ?
तारा पौडेल,
सुर्योदयनगरपालिका– ३ पशुपतिनगर, ईलाम

