असार २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक २२गतेसम्म स्थगित गरिएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठक डाकिएको थियो । सामाजिक संजाल मार्फत बैंठक स्थगित गरिएको जनाइएको छ । बैठकअघि पार्टीमा देखिएको विवाद मिलाउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफलमा जुट्दैछन् ।

