असार १९, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
आज मात्र ७४० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

