कोरोना संक्रमित काठमाडौंका एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ३२

असार १९, काठमाडौं । नोभेल कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार ती वृद्ध छाती दुखेको र पीसाबमा समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखि उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.