गागलफेदीमा २० जना अपाङ्गता भएका व्यक्तिलाई बेकरी तालिम

असार १९, काठमाडौँ । काठमाडौँको गागलफेदीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि प्राविधिक सीपमूलक बेकरी तालिम प्रदान गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा युवा अपाङ्ग संगठन नेपालले आयोजना गरेको ७ दिने तालिम विहिबार सम्पन्न भएको छ । समापन कार्यक्रममा तालिम लिएका व्यक्तिहरुलाई नगर उपमेयर विन्द पुडासैनी (सिम्खडा) र वडा–१ का अध्यक्ष मकुन्द गजुरेलले प्रमाणपत्र वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर उपमेयर विन्द पुडासैनीले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भरता तथा स्वनिर्भर बनाउनका नगरपालिकाले विशेष प्रथामिकता दिदै आएकी बताईन् । सीप आयआर्जनसंग जोडिएको हुँदा आफूले लिएको ज्ञानलाई व्यवहारमा लागू गर्नु पर्ने बताईन् । उपमेयर पुडासैनीले इच्छा र चाहनाबाटै आफूले लिइएको सीपलाई व्यवहारमा उतार्न सबै प्रशिक्षार्थीलाई अग्राह गरिन् । आफ्नो चुल्होमा आगो आफै बाल्न सक्ने क्षमता स्थापित गराउन नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा अन्य पिछाडिएका व्यक्ति समुदायहरुका हितमा गम्भीरताका साथ कार्यक्रमहरु ल्याएको उपमेयर पुडासैनीले बताईन् ।

त्यस्तै वडा अध्यक्ष मकुन्द गजुरेलले आफुले आर्जन गरेको सीपलाई सहि समयमा प्रयोग गरेमा आर्थिक रुपमा सक्षम हुने बताए । उनले काम गरेर खानालाई कुनै लाज मान्न नहुने बताउँदै आफ्नो क्षमता र प्राप्त गरेको ज्ञानका आधारमा काम गर्नुपर्ने बताए । वडा अध्यक्ष गजुरेलले अपाङ्गता भएका व्यक्तिहरुले समाजमा हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने शन्देश दिन तालिममा सहभागीहरुलाई आग्रह गरे ।

समापन कार्यक्रमका सभापति तथा युवा अपाङ्ग संगठनका अध्यक्ष प्रकाश श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको मनोवैज्ञानिक र चाहनाअनुरुप चल्न प्राविधिक सीपमूलक बेकरी तालिमको आयोजना गरेको बताए । बेकारी, केक तथा डुनोट वर्तमान बजार र समयको मागसंगै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि व्यवसायी बनेर खाना सक्ने वातावरण बनाउन कागेश्वरी नगरपालिकाको सहयोगमा संस्थाले सो तालिमको आयोजना गरेको बताए । अध्यक्ष श्रेष्ठले उनीहरुको सोँच र मनोविज्ञानका आधारमा उपयुक्त हुने कार्यक्रम ल्याएको बताए ।

विगत ७ वर्षदेखि अपाङ्गता क्षेत्रमा क्रिशिल रहदै आएको संस्थाले मोबाईल, कम्युटर तथा इलेक्ट्रेनिक जस्ता प्राविधिक सीप प्रदान गर्दै आईरहेको छ । संस्थाले पछिल्लो समयमा बजारको मागअनुसार फरक क्षमता भएका व्यक्तिहरुले पनि समाजमा केही गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गराउँदै गागलमा पनि बेकरी तालिम सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताए ।

७ दिनको तालिमले अपाङ्गता भएका २० जना व्यक्ति तथा परिवारलाई स्वरोजगार बनाउन सहयोग पु¥याएको छ । शारीरिक समस्या भएका दृष्टिविहिन र वौद्धिक अपाङ्ग भएकाहरुको अभिभावक सहित सहभागी रहेको सो तालिममा प्रल्हाद विष्टले प्रशिक्षण दिएका थिए । तालिममा डुनोट, निम्की पान केक, बर्डडे केकको बनाउन सिकाएका छन् ।

भिडियो रिर्पोट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.