सांसद खड्काले संसद गरे सचिवालयबाट पाउने सबै सुविधा फिर्ता

असार १८, पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कुमार खड्काले आफूले संसद सचिवालयबाट पाउने सबै प्रकारको सुविधा फिर्ता गर्ने घोषणा गरेका छन् । उनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् ।

बिहीबार गण्डकी प्रदेशसभाको बैठकमा स्थानीय तहका जनप्रतिनिधिको सेवा(सुविधासम्बन्धी विधेयक पेस हुने कार्यसूची थियो । यसअघिको कानुन सर्वोच्चले खारेज गरिदिएको थियो । त्यसपछि प्रदेश सरकारले मस्यौदा गरेको नयाँ विधेयकले पहिलेभन्दा धेरै सुविधा बढाएर ल्याएको छ । सोही विधेयक प्रदेशसभामा टेबुल हुनुपूर्व उनले संसदमा बोल्दै कोरोना कहरका बेलामा सरकारले स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी विधेयकको विरोध गर्दै उनले आफ्नो सुविधा त्याग्‍ने घोषणा गरेका हुन् ।

समितिको सभापतिबापत् पाएको गाडी र चालक आजकै मितिदेखि फिर्ता गर्ने उनले घोषणा गरेका हुन् । आज सदनमा पेस हुन लागेको विधेयकमाथि कांग्रेसले बुधबारै विरोधको सूचना दर्ता गरेको छ । जनता समाजवादीले पनि विधेयकको विरोध गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.