स्रोत नखुलेको ६ लाख रुपैयाँसहित पक्राउ

असार १८, वीरगञ्ज । पर्साबाट प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार रक्सौल थाना पंटोका –१७ बस्ने ३६ वर्षीय प्रमो कुमार कलवार, वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २९ वर्षिीय शत्रुधनप्रसाद गुप्ता, बाराको महागढीमाई नगरपालिका– ३ घर भई वीरगञ्ज– ६ बस्ने ३७ वर्षीय अशोककुमार साह र वीरगञ्ज– १५ भिस्वा बस्ने ५० वर्षीय भिखारी साह सोनार पक्राउ छन् । ना ५१ प २८०१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा मंगलबार दिउँसो वीरगञ्ज– २४ रामगढवाबाट प्रमोद र शत्रुधनलाई प्रहरीले ६ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । उनीहरुले रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा अवैध वित्तिय कारोबार (हुण्डी) मा अशोक र भिखारीको समेत समेत संलग्नता देखिएपछि उनीहरुलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.