चट्याङ लागेर चार जनाको मृत्यु, सात घाइते

असार १८, काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ, सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार दुई दुवै स्थानमा बिहान खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर कलैया नपाको शीतलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको थियो । साथै त्रिवेणी टोलका सात जना घाइते भएका छन् । मृतकमा कलैया उपमहानगरपालिका सितलपुरकी वर्ष ४५ कि हालिका खातुन, र वर्ष ३५ कि आशादेवी महतो रहनु भएको छ ।

त्यस्तै फेटा गउँपालिकाको त्रिवेणीमा मृत्यु हुनेमा वर्ष ४० कि सोनार पतिदेवी महतो वर्ष ३० कि हेन्द्रदेवी महतो हुनुहुन्छ । फेटाका घाइतेहरुमा त्रिवेणी टोलका वर्ष ६० कि राजपति देवी, वर्ष ३५ कि कान्ति देवी, वर्ष ६० कि उमादेवी ठाकुर, २५ कि लीलादेवी, ३५ कि सोन्सिलादेवी धोवी, ६० कि लिलादेवी धोवी रहेका छन घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।–गोरखापत्र

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.