‘तिमीनै त हौ ’ मा नेपाली ठिटोजको बबाल डान्स (भिडियो सहित )

असार १७, काठमाडौँ । गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियो ‘तिमीनै त हौ’ सार्वजनिक भएको छ।

डान्सिङ् बिटको यस गीतमा स्वर र संगीत गायक वेदु सारु मगरको रहेको छ। गीतमा ब्याक भोकल बिक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ। यस गीतलाई दिनेश सुवेदीले लेखेका हुन्। गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। म्युजिक भिडियोमा नेपाली ठिटोज टिमको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। पहिलोपटक नेपाली ठिटोज टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो। स्मिता स्नेहा इन्टरटेनमेन्टको अफ़िसिएल च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो।

२०६७ सालको भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन। यसअघि गायक मगरले ‘डोली पियारी लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्। ‘तिमीनै त हौ’ लाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले आग्रह गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.