पूर्वसंचारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

असार १७, काठमाडौं । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। प्रहरीले कालीकोट स्थायी घर भएका शाहीलाई ठिमीबाट पक्राउ गरेको बताउँदै उनले जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यस अघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवं कारवाही अगाडि बढाएको गिरीले जानकारी दिए ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.