असार १७, काठमाडौँ । विगत २५ वर्ष भन्दा अघि देखि समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशिल लायन्स क्लव अफ काठमाडौं, जोरपाटीद्वारा लायन्स वर्ष २०२० –२१ को शुरु वर्षको अवसरमा आज राष्टिय निजामती तथा शहिद पार्क , जगडोलमा वृहद वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

गोर्कणेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व गर्भनर तथा क्लवका चार्टड प्रेसिडेन्ट एवम मल्टीपल हग्र. रिलिफ चियर पर्सन कुमार राज सुवेदी, एम जे एफ चिफ सेक्रेटारियट शान्ता थापा, चिफ डिस्टिक एडमिनिस्टेरेटर सुरेन्द्र प्रकाश वलाय , डिस्टिक एडभइजर दिपेन्द्र शाक्य, जोन चियर पर्सन कुमार श्रेष्ठ , क्लव प्रेसिडेन्ट देव नारायण चौलागाई , लायन्स क्लवका पदाधिकारीहरु तथा लियो क्लव अफ काठमाडौं जोरपाटी तथा लियो क्लवका पदाधिकारीहरुको उल्लेख्य उपस्थितीमा आज हरिशयनी एकादशी जस्तो पवित्र दिनमा १०० वटा सोन्दर्य जातका विरुवाहरु रोपिएका क्लका सेकेण्ड भि पि एवम कार्यक्रम संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।


